नेकपाका शक्तिशाली मानिने नेता पूर्वमन्त्री समेत रहेका महेश बस्नेतको भक्तपुर स्थित निर्बाचन क्षेत्रका ठुलो सङ्ख्यामा नेकपा कार्यकर्ताहरुले नेकपा परित्याग गरी कांग्रेसमा प्रबेश गरेका छन ।
भक्तपुरको सुर्यविनायक नगरपालिकामा पर्ने गुण्डु गाउँका करिब ३५ जना नेकपाका स्थानीय नेता तथा सक्रिय कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेसका बागमती प्रदेश सांसद कृष्णालाल भाँडेल र नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एक कार्यक्रमका बिच उनिहरुलाई टीका र खादा लगाइ कांग्रेसमास्वागत गरे।
नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहमा गुण्डु गाउँका तीर्थमान तामाङ,राजेश खत्री,विशाल कार्की,सम्राट खत्री,सुरेश खत्री लगायतका स्थानीय नेता छन्।
नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुले नेकपाप्रती अब जनाताको बिश्वाश नरहेको र लोकतन्त्र, शान्ति र बिकासका लागि कांग्रेस नै इमान्दार पार्टी भएकोले आफुहरु कांग्रेस प्रबेश गरेको धारणा राखे ।








