सत्तारुढ नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र पार्टी एकताका बाँकी रहेका कामका विषयमा छलफल हुने बताइएको छ ।
नेता झलनाथ खनालको संयोजकत्वको कार्यदलले एमसीसी परिमार्जन गर्न सुझाव दिँदै प्रतिवेदन बुझाइसकेको छ ।
तेस्तै यसघिको सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खुल्ल हुने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णयका बारेमा समेत छलफल हुने बताइएको छ ।
उक्त निर्णयको पार्टी भित्र र बाहिर चर्को बिरोध भए पछी त्यस बारेमा नेकपाले के निर्णय लिन्छ भन्ने कुरा हाल सर्बाधिक चासोको बिषय बनेको छ ।








