सत्तारूढ नेकपाको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनलाई राष्ट्रिय सभामा रिक्त हुँदै गरेको एक पदमा लैजान लागिएको हो। राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका युवराज खतिवडाको पद केही दिनपछि रिक्त हुँदैछ।
तेसै गरी संविधान संशोधन गर्न गठन गरेको कार्यदल भने बैठकले विघटन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खुल्ल हुने गरी यसघिको सचिवालय बैठकले गरेको संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय बिबादित बनेपाछी उक्त कार्यदल भने नेकपा बैठकले बिघटन गरेको बताइएको छ ।
अब राष्ट्रिय सभा सदस्य बन्न लागेका गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए।
गौतमले त्यसपछि पटक-पटक सांसद बन्न प्रयास गरेका थिए।








