मोटरसाइकल चोरीको अभियोगमा दुई पक्राउ



गौरीगंज गाउँपालिका–६ देवीगंजबाट बिआर ३८८१३५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–७ ग्वालडुब्बा बस्ने ३७ वर्षीय कालचन माक्रा र गौरीगंज गाउँपालिका–६ बस्ने २७ वर्षीय शरद कुमार माक्रा रहेका छन् ।

गौरीगंज गाउँपालिका–६ देवीगंज बस्ने उपेन्द्र यादवको घरबाट मोटरसाइकल चोरी सूचनाका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो । चोरी गरिएको मोटरसाइकल कालचनको घरमा राखिएको थियो ।

प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार  ८ : ४७ बजे