प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मुछिएको घुस मागेको अडियोका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक बोलेका छन् ।ओलिले झुटो आरोप लगाएर फसाउन खोजिएको भ न्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएका थिए ।
सत्तारुढ नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘कुनै अनाडी मान्छेले अनाधिकृत ढंगले एउटा टेप ल्याउँछ । प्रमाणित छैन, केही छैन । तर पनि मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बास्कोटाले राजीनामा गर्नुभयो । हामीले राजीनामा स्वीकृत गर्यौं ।’प्रधानमन्त्री ओलीले भने अडियो सार्वजनिक गर्ने व्यक्ति (विजय मिश्र) फटाहा भएको पुष्टि भइसकेको बताए ।बास्कोटा स्वयंले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । स्वीस कम्पनी र सरकारले पनि अडियो सार्वजनिक गर्ने व्यक्ति आफ्नो प्रतिनिधि नभएको प्रष्ट पारिसकेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेकोसम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित झै गरेर ‘ त्यसमा कस्सिनुपर्ने केही पनि छैन ।’’
उनले अघि भने, ‘त्योसँग त डिल नै भएको छैन । फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरुको डिल भएको छ, कुरा भएको छ । अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन ।’
आफूले बास्कोटाको बचाउ गर्न नखोजेको तर यस्ता कुराको पछाडि के छ हेर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्र हो कि केही सत्यता छ रु त्यो हामीले हेर्नुपर्छ’ उनले भने, ‘सत्यता छ भने कारबाही हुन्छ । सत्यता छैन भने झुटो बोल्नेलाई सजाय हुन्छ ।
बास्कोटाको बचाउ गर्दै ओलिले थप भने “त्यो अनाडी, अनधिकृत मान्छे हो । कसैको प्रतिनिधि होइन । स्वीस कम्पनीले पनि हाम्रो होइन भनिरहेको छ । किन, के उद्देश्यले रेकर्ड ग¥यो ? फ्रान्स र जर्मन सरकारसँग डिल भइरहेको छ । स्वीस कम्पनीको कुरा कहाँबाट आयो ? मैले प्रतिरक्षा गर्न खोजेको होइन । पार्टी, सरकार, आन्दोलनलाई बदनाम गराउन खोजिएको हो,” उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने ।








