झुठो लान्छना लगाएर बेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटाले हाले जिल्ला अदालत काठमाण्डौमा मुद्दा



केहि दिन अघी मात्रै पदबाट राजिनामा दिएका निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् ।

आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै जिल्ला अदालत काठमाडौंमा विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाएर उनले मुद्द दर्ता गराएका हुन । ।शुक्रबार उनले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका हुन्।

मुद्दा हालेको बिषयमा सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै निबर्तमान मन्त्री बास्कोटाले भनेका छन-मविरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।

प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार  ९ : ३२ बजे