नेपालकी काँग्रेसका गान्धीवादी नेता स्वर्गिय ज्ञानेन्द्रमान सिंह राउत प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभा कार्यसमिति, प्रदेश सभा २(ख) कार्यसमिति र कटारी नगर समितिले कटारी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा शोक सभाको आयोजना गरी स्वर्गिय नेता राउत प्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकुमार खत्रीको अध्यक्षता तथा काँग्रेस उदयपुरका सचिव साङ्गदोर्जे तामाङ्गको प्रमुख आतिथ्यतामा आयोजित भव्य श्रद्धाञ्जली सभामा बोल्ने अधिकांश वक्ताहरुले स्वर्गिय नेता राउतको निधनले नेपाली काँग्रेस र उदयपुरलाई नै अपुरणीय क्षति पुगेको बताएका थिए । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका पूर्व कार्यालय सचिव, नेका उदयपुरका पूर्व जिल्ला कार्यसमिति सचिव, कटारी नगरपालिकाका मेयरका प्रत्यासी स्वर्गिय नेता राउत शिक्षाप्रेमी, समाजसेवी, न्यायप्रेमी र निष्ठावान व्यक्तित्व भएको सभाका वक्ताहरुले बताएका छन् ।
स्वर्गिय नेता राउतको निधनको १३औं पूण्य तिथीका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित काँग्रेस नेता तथा कार्यकर्ताहरुले स्वर्गिय नेता राउतको तस्वीरमा अवीर लगाई माल्र्यापण गरेका थिए । सभामा नेपाली काँग्रेस उदयपुरका जिल्ला कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठ, क्षेत्र नम्बर २(क) का सभापति गणेश पुरी, (ख) का सभापति ज्ञान बहादुर बानियाँ, कटारी नगर समिति सभापति गोपी प्रसाद पराजुली, वडा नम्बर ७ का वडा अध्यक्ष धनवहादुर दनुवार तथा अन्य वडाका निर्वाचित वडाअध्यक्षहरु, नेपाल शिक्षक संघ उदयपुरका सभापति बाबुराम कार्की, साना शहरी खानेपानी आयोजना कटारीका अध्यक्ष दोजराज पौडेल, ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमसागर केसी, नेपाली काँग्रेस महासमिति सदस्य तथा प्रतिनिधिहरु, क्षेत्रीय सदस्य तथा प्रतिनिधिहरु, नगरसमिति सदस्य तथा प्रतिनिधीहरु, नेविसंघ, तरुण दल, महिला संघ लगायतका भातृसंगठनका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

स्वर्गिय नेता राउतको ६३ वर्षको उमेरमा यही फाल्गुन ४ गते ब्रेन ट्यूमरका कारण काठमाण्डौंमा निधन भएको थियो । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्यष्टे गरिएको थियो । उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा लगायतका केन्द्रीय नेताहरुले पार्टीको झण्डा ओढाई अद्धाञ्जली अर्पण गरेका थिए ।








