पुस्तकमाथि लगाइएको कर तत्काल फिर्ता लिन सरकारसँग नेविसंघको माग



पुस्तकमाथि लगाइएको कर तत्काल फिर्ता गर्न  नेविसंघले सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार प्रेस वक्तव्य जारी गरेर सरकारसँग पुस्तकमाथि लगाइएको कर फिर्ता लिन माग गरेका हुन् ।

“यसअघि बुढीगण्डकीका नाममा प्रतिलिटर पाँच रुपैयाँ उठाएर ४१ अर्ब संकलन भइसक्दा पनि सोको सदुपयोग नभएको सर्वविदितै छ र अब फेरि इन्धनमा कर बढाई महंगीले जनताको ढाड सेकिने गरी भएको निर्णयको हामी घोर भर्त्सना गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ ।पुस्तकमाथि कर लगाएकोमा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

उनले इन्धनमा कर बढाएर सरकारले जनताको ढाड सेक्ने निर्णय गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार  १ : ३७ बजे