सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड माथि जुत्ता प्रहार भएको घटनाको बारेमा छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिटि गठन गरिएको छ ।
एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा सोमबार समिति गठन गरिएको हो ।
रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।








