कोरोना त्रास : नेकपाको प्रदेश स्तरीय भेला स्थगित,प्रचण्ड र गृहमन्त्री थापा बिमानस्थलबाटै फर्किए



बिश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण सत्तारुढ दल नेकपाले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।

प्रशिक्षणका लागि अगुवा कार्यकर्ता झापा पुगिसकेका थिए ।प्रशिक्षणमा नेकपाका अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य तथा रामबहादुर थापा बादल, महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताहरुको सहभागिता रहने बताईएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विमानस्थलबाटै फर्किएका छन् ।त्यसैगरी गृहमन्त्री राम बहादुर थापा पनि विमानस्थलबाटै फर्किएको बताइएको छ । १ नं . प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम कहिले हुने भन्ने बारेमा कुनै निर्णय नभएको र प्रशिक्षण अनिश्चितकालका लागि स्थगित नेकपाका स्थानिय नेताहरुले बताएका छन् ।

उक्त कार्यक्रम मङ्गलबार झापामा आयोजना गरिएको थियो । सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।‘अहिले यस्तो अवस्थामा भेला तथा बैठक गर्न उपयुक्त नहुने देखेर पुर्व निर्धारित कार्यक्रम स्थगित गरिएको हो ,उनले भने ।

नेकपाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा आयोजना गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार  ५ : १३ बजे