काठमाडौं । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् ।कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री खतिवडाले राजीनामा दिने भएका हुन् ।
संवैधानिक व्यवस्था अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान रहेकाले मन्त्री राजीनामा खतिवडालाई प्रधानमन्त्री केपी ओलीले पुनः मन्त्रीमा र्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन्।
नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो।








