कांग्रेस शभापती शेर बहादुर देउबासग असन्तुष्ट संस्थापन इतर समुहले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीवारीमा बुधवार विहान भेला भएका असन्तुष्ट समुहका काठ्माण्डौमा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको भेलाले जिल्ला उपसभापतिहरुको प्रशिक्षणमा सहभागी नहुने निर्णय गरेको हो ।
भेलामा सहभागी नेताहरुले पछिल्लो समय पार्टीभित्र एकलौटी निर्णय गर्ने र छलफलमार्फत सहमतिमा निर्णय गर्ने परम्पराको अन्त्य गर्ने प्रयास भएको र महाधिबेशन प्रभाबित पार्ने खेल भइरहेकोले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सहभागी नहुने निर्णय गरेको बताइएको छ ।
भेलामा सहभागी नेताहरुले सभापति शेरबहादुर देउवाले उपसभापतिहरूको प्रशिक्षण आयोजना गरेर महाधिबेशन भाड्न लागेको आरोप लगाउँदै उक्त प्रशिक्षणमा सहभागी नहुने निर्णय गरेको सहभागी एक नेताले बताए । ।
नेताहरुले भेला मार्फत महाधिवेशन तयारीबाहेक कार्यक्रममा सहभागी नहुन समेत सबैलाई आग्रह गरेका छन ।
भेलालाई सम्बोधन गर्दै नेता पौडेलले महाधिवेशन भाँड्न सभापति शेरबहादुर देउवाले उपसभापतिहरूको प्रशिक्षण आयोजना गरेको आरोप लगाउँदै उक्त प्रशिक्षणमा सहभागी हुन नहुने बताए । “महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा महाधिवेशन भाँड्ने खेल भइरहेको छ,“यस्ता कुराको हामीले विरोध गर्नुपर्छ । प्रतिवाद गर्नुपर्छ ।”
महामन्त्री शशांक कोइरालाले पनि प्रशिक्षणले पार्टीको १४औं महाधिवेशनलाई प्रभवित पर्ने भन्दै उपसभापतिहरूलाई सहभागी नहुने आग्रह गरेका थिए । “प्रशिक्षणले महाधिवेशन प्रभावित गर्छ । कोइरालाले भने उपसभापतिहरूलाई नजान आग्रह गर्छु,” ।कोइरालाले अहिलेको पहिलो आवश्यकता महाधिबेशन भएकोमा जोड दिए ।
यस्तै पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि आफूनिकटका उपसभापतिहरूलाई प्रशिक्षण कार्यक्रममा नजान आग्रह गरे । महाधिवेशन प्रभावित पार्न प्रशिक्षण आयोजना गरिएको जिकिर गर्दै उनले सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन पनि प्रशिक्षणमा जान नहुनेमा जोड दिए ।
शभापती देउबासग असन्तुष्ट समुहले यस अघी देखीनै संस्थापन पक्षले महाधिबेशन पछी धकेल्ने र महाधिबेशन प्रभाबित पार्ने काम भइरहेको भन्दै आपत्ती जनाउदै आइरहेको छ ।








