कांग्रेस महामन्त्री डा.कोइरालाद्वारा सबै नेपालिहरुको सुख, शान्ति र समृद्धिको कामना सहित होलीको शुभकामना ब्यक्त



नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइरालाले फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको अबसरमा सबै नेपालिहरुलाई शुभकामना ब्यक्त गरेका छन ।

महामन्त्री डा . कोइरालाले सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिदै फागुपूर्णिमा अर्थात होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु भनेका छन ।

कोइरालाले होली पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस भन्ने कामना समेत गरेका छन ।

 

यस अघिका बर्षहरुमा डा . कोइरालाले आफ्नै निबासमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई आमन्त्रण गरेर होलिको शुभकामना आदान प्रदान समेत गर्ने गरेका थिए ।

यस पटक भने कोइराला एक कार्यक्रममा सहभागी भएर बनारसबाट हिजो मात्रै काठ्मान्डौ फर्किएकाले आवश्यक तयारी नपुगेर यस बर्ष होलिको शुभकामना आदानप्रदान कार्यक्रम गर्न समय अभाब भएको महामन्त्री कोइरालाको सचिबालयले जनाएको छ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा मनाइँदैछ ।

 

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ६ : ०५ बजे