भक्तपुर । पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । बुधबार बिहान भक्तपुर स्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको बाँस्कोटाको घरमा बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । विस्फोट कसले गराएको भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।








