डडेल्धुराको नेपाल भारत सिमानाकामा हेल्थ डेस्क स्थापना नहुँदा मानिसहरु स्वास्थ्य परिक्षण नगरीकनै नेपाल भित्रिरहेका छन् । जिल्लाको पर्शुराम नगरपालीकाको वडा नम्वर ५ को पर्शुराम घाट र वडा नम्वर ६ को सिसमजला घाट हेल्थ डेस्क नहुँदा यी नाकावाट दैनिक सयौको संख्यामा मानिसहरु स्वास्थ्य परिक्षण नगरीकनै नेपाल भित्रिरहेका हुन् ।
भारतका विभिन्न सहरमा रोजगारी गरी घर फिर्ता हुने देखी दैनिक उपभोग्य सामग्री किन्नका लागि सिमावर्ती वजार जाने र स्वास्थ्य उपचारका लागि भारत गएकाहरु स्वास्थ्य परिक्षण नगरीकनै नेपाल फर्किरहेका छन् । यी नाकामहरुमा हेल्थ डेस्क स्थापना नहुँदा भारतका विभिन्न सहरमा गएकाहरु निर्वाध रुपमा घर फर्कीरहेका छन् । प्रदेश सरकारको पत्राचार पछि स्थानिय सरकारलाई हेल्थ डेस्क स्थापनाका लागि पत्राचार भईसकेको र एक दुई दिनमै यी नाकाहरुमा हेल्थ डेस्क स्थापना हुने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले वताउँनु भयो ।
आफुहरु संग ज्वरो परिक्षण गर्ने थर्मल गन नहुँदा पनि स्वास्थ्य परिक्षण गर्न नसकेको समेत प्रमुख जिल्ला अधिकारी पन्तले वताउँनु भयो । स्थानिय सरकारको अनुमतीमा तातोपानी र पर्शुराम नाकामा महाकाली नदीमा ढुंगा संचालन हुँदै आएको भएपनि रुपालमा भने अवैध रुपमा ट्युवमा मानिसहरु महाकाली नदीमा आवतजावत गर्ने गरेका छन् । स्वास्थ्य परिक्षण नगरीकनै मानिसहरु भारतवाट नेपाल भित्रिन थालेपछि स्थानिय वासीन्दा त्रसीत वनेको छन् ।
भारतमा कोरना भाईसको संक्रमण फैलिरहेका समयमा भारतका विभिन्न सहरवाट मानिसहरु नेपाल आउन थालेपछि कतै करोना भाईरसको संक्रमण गाउँमा त आउने हैन भनेर स्थानिय वासीन्दा त्रसीत वनेको स्थानियले वताएका छन् । स्वास्थ्य परिक्षण गर्नुको त कता हो कता सिमानाकामा सामान्य चेकजाँच समेत हुने गरेको छैन । यहाका सिमानाकामा सरकारको सुन्य उपस्थीति रहेको छ । देशका विभिन्न स्थानमा भारतको सिमानाकामा स्वास्थ्य परिक्षण भईरहेका समयमा सुदुरपश्चिम प्रदेश सरकार र स्वास्थ्य कार्यालय डडेलधुरा मुखदर्शक वनेको समेत स्थानिय वासीन्दाले आरोप लगाएका छन् ।
यहाका मानिसहरु भारतको राजधानी दिल्ली देखी पञ्जाव सहितका राज्यमा काम गर्नका लागि जाने गरेका छन् । भारतका विभिन्न सहरमा पनि कोरना भाईरस वाट संक्रमीत देखिएकाले त्याहा वाट नेपाल फरर्कीनेहरुको स्वास्थ्य परिक्षण नहुँदा स्थानियहरु त्रसीत वनेका छन् ।










