नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्दाजका भरमा नेता-कार्यकर्तामाथि अनुशासनको कारबाही मान्य नहुने बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गरेर नेता पौडेलले खुलेआम अन्तर्घात गर्ने र अन्दाजको भरमा आरोपित गरी कारबाही हुनु समान प्रकृतिकाे नहुने बताएका हुन । विज्ञप्तिमा तनहुँका गाेविन्दराज जोशीलाई गरिएको अनुशासनको कारबाहीसँगै तुलना गरी अन्यलाई कारबाही गर्नु न्यायसंगत नहुने जनाउदै नेता पौडेलले भनेका छन ‘यो घृणित षडयन्त्र हो। यस्तै षडयन्त्र र अनेक विकृत उपाय अबलम्बन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाइँ जारी छ।’
नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको औल्याँउदै उनले उक्त प्रक्रिया सैह्य नहुने उल्लेख गरेका छन्। अनुशासन समितिले जोशीसहित कैलालीका नेता पुष्कर ओझा, नेपालगञ्जका महेन्द्र मल्ल र डडेल्धुराका पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई स्पष्टिकरण सोधेको थियो।
उक्त बिषयमा बिभिन्न सञ्चारमाध्यमहरुमा प्रकासित भएका समाचारको समेत पौडेलले खण्डन गरेका छन ।वरिष्ठ नेता पौडेलको समेत सहमतिमा कांग्रेसका बिभिन्न नेताहरुलाई कार्बाही हुन लगेको बिभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकासित गरेपछी पौडेलले बिज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन ।

‘








