प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता



प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटार फर्किएपछी उनलाई सत्तारुढ नेकपाका अर्का अध्यक्ष प्रचण्डले भेटेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी दिएका छन् ।

उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओली शुक्रबारमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उनको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार  ११ : २४ बजे