गिरिजा बाबुलेनै माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गणतन्त्र स्थापना गरेका हुन : कांग्रेस महामन्त्री डा. कोइराला



कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले पूर्व प्रधानमन्त्री एबम नेपाली कांग्रेसका पुर्ब शभपती गिरिजा प्रसाद कोइराला राष्ट्रका लागी एक निर्भिक नेता भएको बताएका छन ।

स्व . गिरिजा प्रसाद कोइरालाको दशौं स्मृति दिवसको अवसरमा उनलाई स्मरण गर्दै महामन्त्री कोइरालाले देशमा प्रजातन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापना गर्न पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको महत्वपूर्ण भूमिका भएको उल्लेख गरेका हुन ।

सामाजिक सञ्जाल फेसबुक मार्फत स्व:गिरिजाला प्रसाद कोइरालालाई स्मरण गर्दै महामन्त्री कोइरालाले अदम्य साहस र स्वार्थरहित समन्वयकारी नेतृत्व क्षमता देखाएर गिरिजा प्रसाद कोइरालालेनै सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको उल्लेख गरेका छन ।

उहाँको अदम्य साहस र स्वार्थरहित समन्वयकारी नेतृत्व क्षमतालेनै सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सम्भव भएको हो भन्दै सशस्त्र युद्धमा फसेको नेपालको राजनीतिमा मलहम लगाउँदै शान्तिको सन्देश फैलाउने नेताको रुपमा गिरिजा बाबुलाई महामन्त्री कोइरालाले स्मरण गरेका छन ।

नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रप्रतिको अडिग र अविचल आस्था नै गिरिजा बाबुप्रतिको श्रद्धाञ्जलि हुने पनि महामन्त्री डा. कोइरालाले उल्लेख गरेका छन ।

स्व . गिरिजा प्रसाद कोइरालाको दशौं स्मृति दिवस आज देशैभर बिभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइदै छ ।देशमा भएको पछिल्लो राजनितिक परिवर्तन र शान्ति स्थापना का लागी स्वर्गिय गिरिजा प्रसाद कोइरालाको योगदानलाई महत्वपुर्ण मानिन्छ ।

कोइरालाकै नेतृत्वमा देशमा राजनितिक परिवर्तन सम्भब भएको र उनकै नेतृत्वमा मुलुक गणतान्त्रीक राज्य ब्यबस्थामा प्रबेश गरेको हो ।

 

 

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  ६ : ४० बजे