गिरिजा प्रसाद कोइराला अध्ययन केन्द्रले केन्द्रको सोलुखुम्बु अध्यक्षको जिम्मेवारी हेम राज शर्मा कटेललाइ दिएको छ ।
गिरिजा प्रसाद कोइराला अध्ययन केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारिले स्व . गिरिजा प्रसाद कोइरालाको दशौं स्मृति दिवसको अवसर पारेर आज जिम्मेवारी हस्तान्तरण गरेका हुन ।केन्द्रले यस अघी अन्य थुप्रै जिल्लामा शाखा बिस्तार गरी सकेको अध्यक्ष अधिकारिले बताए ।

केन्द्रको जिल्ला शाखाले गिरिजा प्रसाद कोइरालाले देशलाई पुर्याएको योगदानलाई युबा पुस्ताका बिचमा पुर्याउन महत्वपुर्ण भूमिका खेल्ने बिस्वास लिएको अध्यक्ष अधिकारिले बताए ।
केन्द्रको सोलुखुम्बु जिल्ला शाखाका नबनियुक्त अध्यक्ष हेम राज शर्मा कटेलले शाखाले आगामी दिनमा सोलुखुम्बु जिल्लामा राजनितिक जनचेतनामुलक गतिबिधी सञ्चालन गर्ने बताए ।
उनले केन्द्रको जिल्ला शाखालाई छिटै पुर्णता दिने पनि बताए ।
केन्द्रले देशैभरी बिभिन्न जनचेतनामुलक राजनितिक र सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।








