नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिने विद्यालयमाथि कारबाही गर्न नेविसंघको माग



नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने निजी विद्यालयहरूमाथि कारबाहीको माग गरेको छ ।

अध्यक्ष राजीव ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गर्दै नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिइरहेका निजी विद्यालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,  एसईई जस्तो महत्त्वपूर्ण परीक्षासमेत स्थगित गरेको अवस्थामा विद्यार्थीहरूको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै प्रवेश परीक्षा सञ्चालन गर्ने निजी विद्यालयहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्दै छौं ।”

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  २ : ४८ बजे