स्तन क्यान्सर पीडित विष्टको उपचारका लागि अपिल



डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का सुन्नरीदेवी बिष्टले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन । एक बर्ष पहिले स्तन क्यान्सर रोगले थला परेकि बिष्टले आर्थिक अभावका कारणले उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल गरेकी हुन ।

डाक्टरले स्तन क्यान्सरको उपचार गर्नेका लागि ५ लाख खर्च लाग्ने भनेपछि आर्थिक समस्याका कारण उनले आफ्नो जीवन बचाइदिन सबैमा आग्रह गरेकी छन। घर परिवारको आर्थिक स्थिति नाजुक भएका कारण उपचारमा समस्या भएकाले उनले उपचारका लागि सबैलाई सहयोग गर्ने आग्रह गरेकी हुन।

४१ बर्षिया बिष्टलाई स्तन क्यान्सर भएको हुँदा आर्थिक समस्या परेकोले सहयोगका लागि अपिल गरेको समाज सेवि माया साही देउवाले बताइन्। चेकजाँचका क्रममा विष्टलाई डाक्टरले क्यान्सर भएको आशंका गरेपछि उनलाई चितवन लगिएको थियो। क्यान्सरको उपचार गर्दा एकलाख सम्म निःशुल्क भएपनि बाँकी रकम आफैले तिर्नु पर्ने हुँदा समस्या भएको देउवाले बताइन्। ‘बीपी कोइराला क्यान्सर अस्पताल चितवनमा उपचार हुँदै छ।’ उनले भनिन्, ‘गिट्टी कुटेर ६ जनाको परिवार पाल्दै आएकि उनलाई स्तन क्यान्सर भएपछि परिवार विचल्लीमा परेको छ। बिष्टलाई स्तन क्यान्सर भएपछि अहीले उनको परिवारको विहान र साझँको झाक टार्न समेत मुस्किल परेको छ ।

गिट्टी कुटेर जम्मा गरेको दुई लाख रुपैयाँ उपचार गर्दा सकिदा समेत क्यान्सर निको नभएपछि उपचारमा समस्या भएको हो। उनको उपचारका लागि समाज सेवि माया साही देउवा र चन्द्रा बिष्टले आर्थिक संकलन गरिरहेका छन्। मजदुरी गरेर गुजारा गरीरहेकी बिष्टलाई स्तन क्यान्सर भएको आफुले थाहा पाएछि सेवानै धर्म हो भन्दै आफुले सहयोग गर्न थालेको उनिहरुको भनाइ छ। डडेल्धुराबाट चितवन पुर्याउन ५० हजार जति खर्च लाग्ने र उपचारका लागि समय समयमा जानु पर्दा झन् सास्ति हुने गरेको छ।

आर्थिक सहयोग गर्न इच्छुकले चन्द्रा बिष्टको मोबाइल नम्बर ९८४८७६९२७५ र माया साही देउवाको मोबाइल नम्बर ९८४८८४६४०५ मा सम्पर्क गर्न सक्नुहुनेछ।

प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार  ३ : ०३ बजे