कोरोनाबाट सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषणमा जोड दिन तरुण दलको आग्रह



नेपाल तरुण दलले कोरोना माहामारीबाट सतर्कता अप्नाउन सबैलाई अपिल गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै उक्त संगठनले कोरोना माहामारीले विश्वव्यपाी रुप लिइसकेको अवस्थामा सबैले सतर्कता अप्नाउनुपर्नेमा जोड दिएको हो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा रहेको सूचना जारी गरिसकेको भन्दै सो संगठनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफु सजग हुँदै अरुलाई पनि सही सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । समाजिक संजाल, अनलाइन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गर्न पनि तरुण दलले सबैलाई आग्रह गरेको छ ।

समाजिक संजाल लगाएत अन्य माध्यममा अनावश्यक अपवाह फैलाउने जो कोहीलाई कडा भन्दा कडा कारवाही गर्न पनि दलले सरकारसग माग गरेको छ ।

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  ७ : ५२ बजे