कैलालीमा अनिश्चितकालीन कर्फ्यू



कोरोना सङ्क्रमणको त्रास फैलिन थालेपछी  जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने उनले जानकारी दिए ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाले पछी सरकारले नेपाल भारत सिमा बन्द गरिसकेको छ भने सिमानाकाबाट नेपाल आउनेहरुको ब्यबस्थापन गर्न सरकारमाथी दबाब बढेको छ।

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  ८ : ०४ बजे