नेपाल सरकारले गरेको लक डाउँनका कारण छाक टार्न समस्या हुन थालेपछि डडेलधुरा अमरगढी नगरपालीका ३ का वडा अध्यक्षले वडा भरीमा रहेका ज्यालादारीलाई खाध्यान्न वितरण गर्न शुरु गरेका छन् । लक डाउँनका कारण दैनिक ज्यालादारी गर्न नपाएपछि छाक टार्न समस्या हुन थालेपछि ज्यालादारी लाई अमरगढी नगरपालीका ३ का वडा अध्यक्ष गोविन्द राज वोहराले वडा भरीमा रहेका ज्याला दारीलाई खाध्यान्न वितरण गर्न थालेका हुन् ।
ज्यालादारीको पहिचान गरेर लक डाउँन अवधीभरका लागि आवश्यक पर्ने चामल, दाल, तेल,नुन दिइन थालेको वडा अध्यक्ष गोविन्द राज वोहराले वताउँनु भयो । ‘वडा भरीमा दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्नेहरुको पहिचान गर्ने काम शुरु भईसकेकाले अव मजदुरी गर्न नपाएर भोक भोकै वस्नु नपर्ने भएकाले आवश्यक परे सम्पर्क गर्नका लागि आग्रह गरेका छौं, ।’ उनले भने । ‘लक डाउँनका कारण ज्यालादारीका काम वन्द भएका छन्,जस्ले ज्यालादारी गर्ने मानिसको चुलो वल्नै वन्द हुने भएपछि वडा कार्यालयले राहत प्याकेज गरेका हौ ।’
पहिलो दिन एक जना लाई २५ किलो चामल,एक किलो दाल,एक लिटर तेल,एक किलो नुन दिइएको छ । वडा भरीमा करिव एक दर्जन जति ज्यालादारी मानिस भएको अनुमान गरिएको भएपनि एकिन तथ्याङ्क आएपछि मात्रै थाहा हुने समेत अध्यक्ष वोहराले वताउँनु भयो । वडा कार्यालयको सिफारीसमा गाउँमा रहेका केही निश्चित पशलवाट खाध्यान्न लग्न सकिने व्यवस्थापन गरिएको छ ।










