डडेलधुरा अस्पतालले विरामी जाँच गर्दा लगाउँने वयक्तीगत सुरक्षा सामग्री स्थानिय स्तरमै वनाउँन थालेको छ । वजारमा पाईने व्यक्तीगत सुरक्षा सामग्री प्रयाप्त रुपमा नपाएपछि अस्पताले सिलाई गर्ने व्यक्तीलाई अस्पतालमै वोलाएर पलास्टीक गाउँन, क्याप, वनाउँन थालेको हो ।
स्थानिय स्तरमा उत्पादन गरीएका पलास्टीक गाउन,क्यापले केही हद सम्म भएपनि विरामीको उपचारका लागि स्वास्थ्य कर्मीका लागि सहज भएको असपताल प्रशासनले जनाएको छ । कोरोना भाईरसको संकास्पद विरामी आएमा सोको उपचारमा स्वास्थ्य कर्मीका लागि हाल अस्पतालमा १० ओटा पिपिई रहेको भएपनि आवश्यकता अनुसार थप माँग गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु जगदिश चन्द्र विष्टले वताउँनु भयो ।‘ईमरजेन्सी सहित ,ज्वरो क्लिनीकमा वस्ने स्वास्थ्य कर्मी देखी एम्वुलेन्स चालकका लागि सहज भएको छ ।,’उनले भने । ‘कोरना भाईरसको संक्रमितका विरामी आएमा भने पिपिई नै लगाएर परिक्षण गर्नु पर्ने हुन्छ ।’
सेनेटाईजर पनि अस्पतालमै वनाउँन थालेकाले कुनै अभाव नभएको डडेल्धुरा अस्पतालका निमित्त मेसु विष्टले वताउँनु भयो । नेपाल सरकारले लक डाउँन शुरु गरे संगै डडेलधुरा अस्पतालमा ओपीडि सेवा वन्द भएपछि अस्पताल सुनसान वनेको छ । अस्पताल आउन देखी अस्पताल वाट डिस्चार्ज भएपछि पनि घर जानका लागि यातायातका सवारी साधन नपाउँदा समस्या हुने गरेको विरामीले वताएका छन् ।
अन्य दिनमा दिनहु २ सय देखी ३ सय जना विरामी उपचारका लागि आउँने डडेल्धुरा अस्पतालमा हाल कुनै दिन एक जना पनि विरामी नआउँने गरेको अस्पतालले जनाएको छ । यातायात संचालन नहुँदा डडेलधुरा अस्पतालमा आउने विरामीको चाप कम भएको हो ।










