लक डाउन प्रभाबकारी बनाउन कांग्रेस नेता प्रदिप पौडेलका सरकारलाई ४ सुझाब



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले लकडाउनलाई प्रभावकारी र नागरिकहरुलाई सहज बनाउन सरकारलाई बुदागत सुझाब दिएका छन ।

नेता पौडेलले सामाजिक सञ्जाल ट्विटर मार्फत सरकारलाई  सुझाब दिएका हुन ।

सुझाब मार्फत पौडेलले अत्यावश्यक बस्तुहरुकाे सहज उपलब्धता गराउन,बिरामीलाई अस्पताल सम्म पुर्याउने सहज माध्यम तयारी राख्न र गरिब विपन्न,विद्यार्थी,मजदुर समुदायलाई तत्काल राहत दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

कोरोनाको सङ्क्रमण रोक्न सरकारले गरेको लक डाउनले नागरिकहरुलाई पुग्ने असुबिधा कम गर्न र कोरोनाको सङ्क्रमण रोक्ने प्रयासलाई थप प्रभाबकारी बनाउन उनले सरकारलाई सुझाब दिएका हुन ।

सरकारलाई पौडेलका ४ सुझाब्

१ -अत्यावश्यक बस्तुहरुकाे सहज उपलब्धता

२ -बिरामीलाई अस्पताल सम्म पुर्याउने सहज माध्यम

३ -गरिब विपन्न,विद्यार्थी,मजदुर समुदायलाई तत्काल राहत

४-फोहरमैला ब्यबस्थापन

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  ९ : ४५ बजे