कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ दिने भएका छन् ।
पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा शाहले उक्त सहयोग गर्ने घोषणा गरेका हुन ।
मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै उक्त सहयोग गर्ने गर्ने घोषणा गरेका हुन् ।
पूर्वराजाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरेका छन्।
कोरोना संक्रमण फैलनबाट रोक्ने प्रायोजनका लागी यस अघी मन्त्रीपरिषदबाट निर्णय गरेर सरकारले कोष खडा गरेको छ, हाल उक्त कोषमा बिभिन्न संस्था र ब्यक्तीहरुले सहयोग गरिरहेका छन ।








