सरकारले चिनबाट स्वास्थ्य सामाग्रीहरु ल्याउदा भ्रष्टाचार भएको समाचार काठमाडौं प्रेस अनलाईनबाट हटाइएकोमा पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
उक्त घटनाले प्रेस स्वतन्त्रतमा गम्भीर कुठराघात गरेको महासंघले विहिबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो ।’ महासंघले संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता भएको समेत स्मरण गराएको छ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न पनि सरकारसँग माग गरेको छ ।
तेस्तै नेपाल प्रेस युनियनले पनि काठमाडौं प्रेस डटकममा प्रकाशित समाचार सम्पादन समूहको जानकारी विनानै न्यूज पोर्टलबाट डिलिट गरिएको विषयप्रति आपत्ति जनाएको छ।
युनियनका महासचिव अजयबाबु सिवाकोटीले बिहीबार विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन्








