कांग्रेस महामन्त्री शंशांक कोइरालाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी सरकारले बिश्वस्निय रुपमा काम गर्न नसकेको बताएका छन ।महामन्त्री कोइरालाले हालसम्म चालिएका कदमको समिक्षात्मक बिज्ञप्ती जारी गर्दै परिणाममुखी काम गर्न समेत सरकारलाई आग्रह गरेका हुन ।
महामारीसँग जुध्न सरकारका कामलाई कांग्रेसले साथ दिँदै आएको पनि विज्ञप्तिमा जनाइएको छ ।महामन्त्री कोइरालाले बिज्ञप्तिमा अति आवश्यक स्वास्थ्य उपकरणहरूको खरिद प्रक्रियाहरू विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाणहरू सञ्चार माध्यमबाट आइरहेको बारेमा निस्पक्ष छानबिन हुने विश्वास व्यक्त गरेका छन ।
बिज्ञप्तिमा कोइरालाले भनेका छन्, ‘‘सरकारले हालसम्म कोरोनाभाइरसको संक्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको र तिनको प्रभावकारिता र विश्वसनियतामा नै प्रश्न उठ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छुु ।’










