कांग्रेस नेता कार्कीद्वारा काठमाण्डौमा समस्या परेका सोलुखुम्बुबासीहरुलाई राहत सामाग्री बितरण



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले लक डाउनका बेला समस्यामा परेका मजदुर एबम बिधार्थिहरुलाई खाधान्न सामाग्री सहयोग गरेका छन ।नेता एबम समाजसेवी कार्किले रोजगरी अध्ययन तथा अन्य सिलसिलामा सोलुखुम्बुबाट काठमाण्डौमा आइ बसोबास गरिरहेका १०७ जना सोलुखुम्बुबासीहरुलाई खाधान्न र दैनिक उपभोग्य सामाग्रीहरु सहयोगस्वरुप हस्तान्तरण गरेका हुन ।

कार्किले लकडाउनका कारण जनजिबन असहज बनीरहेका बेला सहयोगको जरुरत परेका बिधार्थी एबम मजदुरबर्गलाई चामल दाल, नुन, तेल, चिउरा लगायतका खाद्यन्न सामाग्रीहरु सहयोग गरेका हुन ।काठमाण्डौको कोटेश्वर, जडीबुटि, पेप्सिकोला, बौद्ध, चाबाहिल, गौशला, कालोपुल तिनकुने लगायतका क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई ति क्षेत्रमै पुगेर सहयोगस्वरुप अत्यावश्यक खाध्य सामाग्रीहरु उपलब्ध गराइएको हो ।

टेलिफोन र अन्य माध्यमबाट सहयोगका लागी आफ्नो सम्पर्कमा आएका परिवार तथा ब्याक्तिहरुलाई सहयोग गरेको बताउदै नेता कार्किले सोलुखुम्बुबासिहरुको दुख सुखमा आफुले सक्दो साथ  दिदै आएको र सहयोगको जरुरतले सम्पर्कमा आएकाहरुलाई आफुले सहयोग गरेको उल्लेख गरे ।

सङ्कटको बेलामा सबैले सक्दो सहयोग आदान प्रदान गरे समस्यासग लड्न सहज हुने कार्किले बताए ।

अहिले सिङ्गो देशनै कोरोना भाईरसको सङ्क्रमण बिरुद्द लडिरहेको र लकडाउन सहितको असहज अवस्था झेल्नु परेको बेला सक्दो सहयोगको आदान प्रदान गर्दै नागरिक कर्तब्यबोध गर्न जरुरी रहेको कार्किले बताए ।

आफुहरुले प्राप्त गरेको सहयोगले राहतको महसुस भएको समस्यामा परेका र सम्पर्क मार्फत सहयोग प्राप्त गरेका सोलुखुम्बुबासिहरुले बताए । लकडाउनका कारण आफु एक हप्ता देखि समस्यामा परेकाले टेलिफोन सम्पर्क गरेको काठमाण्डौमा अध्यनरत्त सोलुखुम्बु फलमखानीका विर्थ तामाङले बताए ।

कांग्रेस नेता एबम समाजसेवी कार्की राजनितीसगै सोलुखुम्बुमा सामाजिक सेवामा पनि अग्रसर रहदै आएका छन ।कार्किको अग्रसरतामा सोलुखुम्बु जिल्लाका बिभिन्न बिधालयहरुमा छात्रबृत्ती अक्षयकोष शुरुवात गरिएको छ भने शिक्षक अभाब भएका बिधालयहरुमा शिक्षक राख्ने ब्यबस्था समेत मिलाईएको छ ।

तेसै गरी सोलुखुम्बु जिल्लामा र जिल्लाबाट काठ्माण्डौ आइ अध्ययन गर्ने  बिपन्न र जेहेन्दार बिधार्थिहरुलाई पनि अध्ययनको ब्यबस्था मिलाईएको छ ।

 

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  १० : ५६ बजे