सरकारलाई कांग्रेसको प्रश्न : अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ?



नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बढाउन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय संक्रमण देखिनु दोस्रो चरणमा पुग्नु भएको बताएका छन् । उनले भनेका छन्, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन,छरछिमेकी र घुलमिल भएका साथी समूहको परिक्षण, परीक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।’

परीक्षणको दायरा विस्तार गर्न सरकारलाई सुझाव दिदै प्रबक्ता शर्माले सरकारलाई प्रश्न गरेका छन्, “सरकार ! अझै साइत कुनै कि व्यापक परीक्षणमा लाग्ने ?”

बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने बाताबरण बनाउन पनि उनले माग गरेका छन ।

 

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  १२ : २८ बजे