नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठकमा कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिको बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको तथा स्वास्थ्य सामग्री खरिदमा सेनालाई संलग्न गराइएकोप्रति नेकपाभित्र असन्तुष्टि छ ।कोरोना सङ्क्रमण को जोखिमका बेला मेडिकल सामाग्री खरिद प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकार र रक्षामन्त्री इश्वर पोखरेलको संलग्नताको विषय बाहिर आएपछि यसले सरकार मात्रै नभई पार्टीनै बदनाम भएको नेताहरुले भन्दै आएका छन्।
नेकपाका नेता एबम पूर्व प्रधानमन्त्री माधब नेपाल र झालनाथ खनालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितताप्रती सार्बजनिक रुपमै असन्तुष्टी जनाइ सकेका छन भने प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक तत्काल बोलाउन माग गरेका थिए ।
नेताहरूले बारम्बार बैठक राख्न आग्रह गरेपछि नेकपाले सचिवालय बैठक बोलाएको हो।








