डडेल्धुरामा भारत वाट आएका १ सय ९० जनाको स्वाब परिक्षण गरिने भएको छ । भारत वाट आई क्वारेन्टीनमा वसेका र घरमा वसेका सहित जिल्लाका सातवटै स्थानिय तहका १ सय ९० जनाको स्वाब परिक्षण गरिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले वताउँनु भयो ।
लक डाउन भए पछि सुदुरपश्चिमका अन्य पहाडि जिल्ला भन्दा डडेल्धुरामा भारतवाट कम मानिस आएका थिए । जस्का कारण नेपाल सरकारले डडेलधुरा लाई स्वाब परिक्षण गर्ने सुचीमा राखेको थिएन ।
डडेल्धुरामा पनि भारतवाट आएका मानिसहरु भएकाले जोखिम हुन सक्ने भन्दै आग्रह गरेपछि लक डाउँनका समयमा भारतवाट डडेल्धुरा आएकाहरुको स्वाब परिक्षण गरिन थालिएको प्रमुख जिल्ला अधिकारी पन्तले वताउँनु भयो ।
जिल्लामा तिन स्थानवाट स्वाब संकलन गरिने भएको छ ।
पर्शुराम नगरपालीकाको शिवसंकर मावि सादनी,त्रिवेणी वहुमुखी क्याम्पस जोगवुढा सहित डडेल्धुरा सदरमुकामको डडेलधुरा वहुमुखी क्याम्पस रहेको प्रमुख जिल्ला अधिकारी पन्तले वताउँनु भयो । जस्का लागि नेपाली सेनाले हेलीकप्टर वाट आवश्यक सामग्री ल्याउने भएको










