काठमाडौंबाट बाहिर जान दिने तर काठमाडौं जान नदिने कुरा सत्य होइन होला : मुख्यमन्त्री पोखरेल



प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भोली र पर्सी काठ्माण्डौबाट बाहिर जान दिने संघीय सरकारको निर्णयप्रती असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘काठमाडौंबाट बाहिर जान दिने र काठमाडौं जान नदिने कुरा सत्य होइन होला’भन्ने स्टाटस लेख्दै घुमाउरो ढङ्गले पोखरेलाले संघीय सरकारले निर्णय गर्दा प्रदेश सग सल्लाह नगरेको आशय ब्यक्त गरेका छन ।


उनले फेसबुकमा लेखेका छन् ‘काठमाडौंबाट बाहिर जान दिने र बहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देऊ ।’

उनले प्रदेश ५ का नागरिकलाइ बैशाख ३ सम्म जहाँ छौं त्यहीँ बस्नसमेत अनुरोध गरेका छन् । त्यसपछि आवश्यकता हेरेर हिँड्ने ब्यवस्था मिलाउने समेत जनाएका छन् ।

प्रकाशित मिति : चैत्र २७, २०७६ बिहिबार  १२ : २४ बजे