प्रधानमन्त्रीद्वय ओली र मोदीबीच टेलिफोन : कोरोनाविरूद्ध मिलेर लड्ने सहमती



कोरोना भाइरसलाई रोक्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोनमा कुराकानी भएको छ।

कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलिले ट्विटर मार्फत जानकारी दिएका छन ।

प्रधानमन्त्री ओलिले ट्विटरमा भनेका छन,‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें, कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।’

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ८ : ०८ बजे