कांग्रेस शभापती देउबाद्वारा नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त



कांग्रेस शभापती शेर बहादुर देउबाले नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन ।

शुभकामना सन्देश जारी गर्दै शभापती देउबाले सबै नेपालिहरुको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागी कामना गरेका हुन ।

सभापती देउबालेयति बेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरस बाट आक्रान्त रहेको हुनाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसंभव सघाइरहेको उल्लेख गरेका छन ।

नयाँ वर्ष २०७७– संसारकै लागि अभिशापको रुपमा रहेको कोराना भाइरस माथि विजय पाउन सफल हुने पनि देउबाले बिश्वास ब्यक्त गरेका छन ।

प्रकाशित मिति : चैत्र ३०, २०७६ आइतबार  २ : २२ बजे