डडेल्धुरा गन्यापधुरामा मंगलवार वेलुकी परेको अशिना पानीका कारण लाखौ मुल्य वरावरको तरकारी सहित गहु वालीमा क्षती पुगेको छ । गन्यापधुरा गाउँपालिका वडा नम्वर १ को लेकाली क्षेत्रमा रहेका साहुखर्क, तिक्तर, डुङरखोली, हिट्पारी,हम्कडा लगायतका आधा दर्जन गाउँमा परेको असिना पानीका कारण लाखौ मुल्य वरावरको तरकारी,फलफूल, सहित गहुँवालीमा क्षती भएको छ ।
असिनाका कारण खेतवारीमा लगाएको आलुका साथै ,टमाटर, प्याज ,यसैगरी फलफूल र गहुवालीमा क्षती भएको छ स्थानिय नरवहादुर देउवाले वताउँनु भयो । ‘ १७ वर्ष यताकै सवैभन्दा वढी असिना पर्यो ,जस्ले खेतवारीमा लगाएको वर्खे आलुका साथै फलफूल, पाक्न लागेकै गहुवाली पुर्ण रुपमा क्षती भएको छ,। ’ उनले भने । ‘अव के खाने भन्ने पिरले सताएको छ । ’ असिनाले आलुमा सवैभन्दा वढी क्षती भएको छ ।
असिनाका कारण हिउ परेजस्तै खेतवारी सेताम्मेय भएका थिए ।आलुका लागि पकेट क्षेत्रका रुपमा रहेको यी क्षेत्रमा परेको ठुलो असिनाले आलु खेतीमा क्षती पुगेपछि विउ सम्म पनि नआउँने भन्दै किसान चिन्तीत वनेका छन् । असिना पानीका कारण क्षतीको एकिन विवरण नआएको भएपनि लाखौ मुल्य वरावरको क्षती भएको हुन सक्ने प्रारम्भीक आकलन गरिएको छ ।










