विदेशमा जोखिममा परेका नेपालीलाई तत्काल देश फिर्ता ल्याउन सरकारलाई सर्वोच्चको आदेश



सर्वोच्च अदालतले कोरोना भाइरसको ख त रामा परेकाअ आफ्ना नागरिकलाई बिदेशबाट तत्काल फिर्ता ल्याउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चले वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि सरकारलाई भनेको छ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो।

सर्वोच्चको आदेश :

‘वैदेशिक रोजगारीमा रहेको अत्यन्त जोखिममा रहेको नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विना भेदभाव, विना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न विपक्षीहरुको नाउँमा … । अन्तरिम आदेश जारी गरिदिएको छ । ’

अधिवक्ता सोमप्रसाद लुइटेलसहितले दायर गरेको रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

 

प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार  ११ : ३४ बजे