सत्तामा बस्नेहरुले कसैलाई काखा र पाखा गर्न मिल्दैन : कांग्रेस नेता कार्कि



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु जिल्लाका बिकाश आयोजनाहरु निर्माणमा भइरहेको ढिलाई प्रती चासो ब्यक्त गरेका छन ।

नेता कार्किले जनप्रतीनिधीहरुनै बिकाशका आयोजनाहरुलाई राजनितिकरण गर्न लाग्दा बिकाश आयोजनाहरुको निर्माणमा ढिलाई भएको भन्दै बिकाशका लागी सबै एकजुट हुनुपर्ने धारणा राखेका हुन ।

जिल्लाको नेचा सल्यान गाउपालिकामा बिगत लामो समयदेखी निर्माण थालिएको बिधुत आयोजनामा भएको ढिलाई र त्यसबाट जनतालाई पुगेको असुबिधाप्रती आपत्ती जनाउदै उनले जनाताको घरमा बिजुली पुर्याउने कार्यमा जनप्रतीनिधीलेनै अबरोध पुर्याउनु दुखद भएको उल्लेख गरेका छन ।

जनतालाई सुबिधा पुर्याउने कुरामा जाति,पार्टी , धर्म ,लिंग र वर्ण नहेरी सबै मिलेर अघि बढ्नुपर्ने नेता कार्किको भनाइ रहेको छ ।बत्ति बाल्न पाउने जनताको अधिकारलाई कुण्ठित गर्न नमिल्ने बताउदै जनताको सुबिधा र सहुलियतका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा कार्किले जोड दिएका छन ।

अहिले देशमा जनताले सरकार खोज्ने बेला रहेको बताउदै केन्द्रदेखी स्थानियस्तर सम्मका सत्तामा बस्नेहरुले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुनेमा पनि कार्किले सचेत गराएका छन ।

जिल्लाको नेचा सल्यान गाउपालिकाका केहि वडाहरुलाई लक्षित गरी निर्माण थालिएको तुइन्टार लघु जलबिधुत आयोजना बिगत लामो समयदेखी अलपत्र हुँदा अर्को स्थानिय आयोजना त्रीबेणी लघु जलबिधुतबाट उत्पादन भएको बिधुत बिस्तार गर्ने बिषयमा अहिले बिबाद बढेको छ ।

तुइन्टार लघु जलबिधुत आयोजनालाई अहिले गाउपालिकाले पनि राजनितिकरण गरेर निर्माणमा ढिलाई गरिरहेको स्थानियहरुको आरोप छ ।

प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार  ११ : ३५ बजे