विभिन्न धर्मावलम्बीबीच संयम र एकताका लागि कांग्रेस सभापति देउवाको अपिल



कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको परीस्थितिमा कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढङ्गले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने बताएका छन ।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै देउबाले यस्तो बताएका हुन ।

देउबाले अहिलेको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि अपिल गर्दै उनले सबैको साथ र सबैको विश्वासले नै मंगलबारको सङ्कटबाट पार पाउन सकिने यथार्थ स्मरण गराएका छन् ।

सभापति देउवाको प्रेस वक्तव्य

वैशाख ८, २०७७

संयम र सद्भाव साथ परिस्थितिको सामना गरौं

कोरोनाको जोखिम सामना गर्न परिक्षणको दायरा समुदाय स्तरमा तीब्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता म फेरि पनि औंल्याउन चाहन्छु । पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्दछ ।

कुनैपनि ब्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि म अपील गर्दछु । आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु । सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु ।

जय नेपाल

शेरबहादुर देउवा
सभापति
नेपाली कांग्रेस

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  १० : ४६ बजे