चौतर्फी आलोचित र बिबादित बनेपछी प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने तयारी थालेको नेकपा निकट श्रोतले जानकारी दिएको छ ।
आज विहानमात्रै प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एबम बरिष्ठ नेता माधव कुमार नेपालको भेटघाट भएको र उक्त भेटमा पनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनेबारे आफू सकारात्मक भएको बताएका थिए ।
पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।
यसै बिच समाजवादी पार्टी र राजपा नेपालबीच एकता भइसकेको छ भने उक्त दल फुटाउन लागेका नेताहरुले समेत पार्टी फुटाउने आफुहरुको चाहना नभएको सार्बजनिक गरी सकेका छन ।
समाजवादी पार्टीका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् ।
त्यसैगरी जनकपुरबाट अपहरणको शैलिमा काठ्माण्डौ ल्याइएका सांसद डा . सुरेन्द्र यादवले राजपा र समाजवादी पार्टी एक भएकोमा खुशी व्यक्त गरेका छन् ।
यससगै मधेस केन्दृत दल बिभाजित गर्ने प्रधानमन्त्री ओलिको रणनिती समेत असफल भएको छ ।








