लकडाउनमा सरकारबिरुद्द नेविसंघको विरोध प्रदर्शन



अहिलेको सङ्कटको घडिमा पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्त्याउन खोजेको भन्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठ्माण्डौको गोङगबु चोकमा महामन्त्री दिपक भट्टराइ सहित बिधार्थी नेताहरुले सरकारका बिरुद्दमा प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा संघका निबर्तमान  सहमहामन्त्री प्रेम जोशि,केन्द्रिय सदस्य पवन नेपाली, बिधार्थी नेता सोपान सिंह बोहरा लगायत सहभागी थिए

प्रदर्शनमा सहभागिहरुले अध्यादेश फिर्ता लिन माग गर्दै सरकार बिरुद्द नाराबाजी गरेका थिए ।

केन्द्रिय समितिको आव्हान अनुसार आज देशैभरी संघले सरकार बिरुद्द प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ७ : ३१ बजे