पूर्व प्रधानमन्त्री एबम नव गठित जनता समाजवादी पार्टी नेपालका नेता डा . बाबुराम भट्टराईले आफ्नो तत्कालीन पार्टी समाजवादीतर्फ लक्षित गरेको अध्यादेशले आफैलाई असर गरेपछि फिर्ता लिइएको बताएका छन्।
ट्विटर मार्फत प्रतिक्रीया दिदै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध नलुक्ने र त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका छन्।
भट्टराइले प्रधानमन्त्री ओलि कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने पनि उल्लेख गरेका छन ।
समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!
— Baburam Bhattarai (@brb1954) April 24, 2020














