डडेल्धुरामा पनि नेविसंघद्धारा विरोध प्रर्दशन



सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै डडेल्धुरामा पनि नेपाल विद्यार्थी संघले सांकेतिक प्रदर्शन गरेको छ।

शुक्रबार विहानै उनीहरुले जिल्ला सदरमुकामको तुफानडाडामा प्रदर्शन गरेका हुन्। विवादस्पद अध्यादेश फिर्ता गर्नुपर्ने, जनताको जीवन रक्षामा केन्द्रीत हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

कालोपट्टी वाधेर सरकारले ल्याएको अध्याएदेशको विरोध गरेका थिए ।

नेविसंघले सामाजिक दुरी कायम गरी प्रदर्शन गरेको हो। लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लकडाउनमा समेत विरोधमा उत्रनु परेको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियू सभापति तथा नेविसंघ सदस्य जगत ऐरले बताए ।

पहिलो दिनको विरोध सांकेतिक भएको वताउदै ऐरले सरकारले अध्याएदेश फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने वताउँनु भयो ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ८ : ०४ बजे