काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले ओलितन्त्रको तानाशाह प्रबृतिले देशमा अहिले कोरोना भन्दा ठूलो त्रास सिर्जना भएको बताएका छन ।
सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपको छानबिनका लागी प्रहरिले जाहेरी नलिएको प्रती सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रीया दिदै पौडेलले यस्तो बताएका हुन ।
उनले ट्विटरमा लेखेका छन “ओलिसंक्रमण फैलिएर राष्ट्रका सबै संयन्त्र सम्म सरिसकेको देखिन्छ,अब यस्तो संक्रमणलाई रोकथाम मात्र होइन निर्मुल पार्नुपर्छ” ।
दोषीउपर कार्वाहीको जाहेरी इन्कार गरेर कानुनी राज्यको मजाक उडाइएको पनि उनले उल्लेख गरेका छन ।
देशलाई अहिले कोरोना भन्दा ठूलो त्रास विकसित ओलितन्त्रको तानाशाह प्रबृतिले बढ्दै गएको छ। ओलिसंक्रमण फैलिएर राष्ट्रका सबै संयन्त्र सम्म सरिसकेको देखिन्छ।दोषीउपर कार्वाहीको जाहेरी इन्कार गरेर उनले कानुनी राज्यको मजाक उडाएछन्।अब यस्तो संक्रमणलाई रोकथाम मात्र होइन निर्मुल पार्नुपर्छ
— Pradip Paudel (@paudelpradipNC) April 27, 2020










