डडेल्धुराका स्थानिय तहको गैह्र्जिम्मेवारी



सुदुरपश्चिम प्रदेश सरकारले गरेको निर्णयको विपरित डडेलधुराका स्थानिय तहले देशका विभिन्न जिल्ला वाट आएकाहरुलाई होम क्वारेन्टीनमा वसाउन थालेका छन् । सुदुरपश्चिम प्रदेश सरकाले देशका अन्य स्थानवाट सुदुरपश्चिममा आउने लाई अनिवार्य क्वारेन्टीनमा वसाउनु पर्ने निर्णय गरेको थियो ।

डडेल्धुराका अमरगढी नगरपालीका र नवदुर्गा गाउँपालिकाले भने त्यसको विपरित काठमाण्डौ सहित विभिन्न जिल्ला वाट आएकाहरुलाई घरमा पठाएको छ । नवदुर्गा गाउँपालिकामा काठमाण्डौ सहित देशका विभिन्न भागवाट ८० जना आएका छने भने अखमरगढी नगरपालीकामा ९० जना आएका छन् । अमरगढी नगरपालीका र नवदुर्गा गाउँपालिकाले काठमाण्डौ सहित देशका अन्य स्थानमा कामका साथै पढाईका लागि गएकाहरुलाई घर ल्याउनका लागि वस नै पठाएको थियो । यसैगरी अजयमेरु गाउँपालिकामा ३० जना आएका छन् भने गन्यापधुरा गाउँपालिकामा ११ जना र भागेश्वर गाउँपालिकामा ६ जना आएका छन् । जस्मध्ये भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले क्वारेन्टीनमा राखेको भएपनि अन्य स्थानिय तहले भने घरमै पठाएको छ ।

अमरगढी नगरपालीका,नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाले गैर जिम्मेवारी देखाउँदै क्वारेन्टीनमा नराखी वाहिर वाट जिल्लामा आएकाहरुलाई होम क्वारेन्टीनमा वस्न पठाएको छ । क्वारेन्टीनमा अन्य रोगको जोखिम वढेकाले होम क्वारेन्टीनमा वस्न लगाएको नवदुर्गा गाउपालिका अध्यक्ष कविन्द्र विष्टले वताउँनु भयो । ‘घर आएकाहरुलाई घरमै वस्ने ,घरवाट वाहिर नजाने सर्तनामा गराएका छौ,’ उनले भने । ‘होम क्वारेन्टीनमा वसे नवसेको भन्ने वारेमा नियमित रुपमा अनुगमन गर्ने गरी उनका घर परिवार संग सहमती गरेका छौं ।जस्ले गर्दा कुनै पनि किसिमको जोखिम रहेको छैन ।

काठमाण्डौ सहित देशका अन्य जिल्ला वाट आएकाहरुलाई अमरगढी नगरपालीकाले घर सम्म पुगाउँनका लागि समेत व्यवस्थापन गरेको छैन । मंगलवार पनि अमरगढी नगरपालीका वडा नम्वर ४ का ४ जना आएको वारेमा अध्यक्षलाई जानकारी गराउँदा सम्म उनको व्यवस्थापन गर्नका लागि चासो नदिएको नाम नवताउँने सर्तमा एक जना प्रहरीले वताए ।

वाहिर जिल्ला वाट घर आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टीनमा राख्नु पर्ने भएपनि स्थानियतहहरुले गैर जिम्मेवारी देखाउँदै वाहिर वाट घर आएकाहरुलाई घरमा पठाउँनु कोरना भाईरसको जोखिम प्रति सजग नरहेको जनसमुदायले आरोप लगाएका छन् । प्रदेश सरकारले स्थानिय तहहरलाई क्वारेन्टीन व्यवस्थापनका लागि आर्थीक सहयोग दिएको भएपनि स्थानिय तहहरुले क्वारेन्टीन वनाएका छैनन् । प्रदेश सरकारले दिएको पैसा कसरी खर्च गर्दछन् त्यस्को हिसाव किताव लिनु पर्ने डडेल्धुरा वासीले वताएका छन् । क्वारेन्टीन नवनाउँदा स्थानिय तहको नियतमाथी नै संक ागर्न थालिएको छ ।

क्वारेन्टीन व्यवस्थापनका लागि स्थानिय तहलाई जस्मा नवदुर्गा गाउँपालिकाले काठमाण्डौ सम्म जानका लागि तेल सहित पचास प्रतिसत भाडा दिएको थियो भने अमरगढी नगरपालीकाले डडेल्धुरा देखी काठमाण्डौ सम्म जानका लागि मात्रै वस लाई तेल उप्लव्ध गराएको थियो ।

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ६ : ३८ बजे