कांग्रेस महामन्त्री डा शशांक कोइरालाले देशले संकट झेलिरहेको अहिलेको अवस्थामा सरकार जनताको सुरक्षामा लाग्नुको साटो राजनितिक बिभाजन तिर लागेर देश र जनतालाई धोखा दिएको बताएका छन ।
महामन्त्री कोइरालाले बिहीबार एक भिडियो सन्देश जारी गर्दै देश संकटमा रहेकोले एकताबद्ध भएर समस्या समाधानमा लाग्न सरकारलाई सुझाब दिएका हुन । भिडियो सन्देशमा कोईरालाले पछिल्ला गतिबिधीहरुले बर्तमान सरकार जनाताप्रती जिम्मेवार नभएको पुष्टी भएको दाबी गरेका छन ।
कोइरालाले भिडियो सन्देशमा भनेका छन् ।“संकटका बेला हामी सबैले पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर एकताबद्ध ढंगले जनताको स्वास्थ्य र समस्या समाधान गर्न लाग्नुपर्छ भनेर सरकारलाई अपिल गर्न चाहन्छु,”
लाखौं जनताको ज्यान जोखिममा भएका बेलामा कुनै पनि किसिमको बिभाजनको रेखा कोर्नु मुर्खतामात्र नभएर देश र जनता प्रतिको धोकाधडी भएको कोइरालाले टिप्पणी गरेका छन ।
कोरोनाको सङ्कट र सम्भाबित महारिबाट नडराउन आग्रह गर्दै उनले सुरक्षाका उपाय अपनाएर सङ्क्रमणबाट जोगिन र भाइरस फैलनबाट रोक्न सकिने बिश्वाश प्रकट गरेका छन ।
चिकित्सा क्षेत्रको समेत अनुभब सङ्गालेका कोइरालाले भाइरसबाट सुरक्षित हुन र सङ्क्रमण फैलिन नदिन आमनागरिकहरुकालागी बिभिन्न सुझाब समेत दिएका छन ।
डा. कोइरालाले सकेसम्म आफुलाई ब्यस्त राख्न , सकारात्मक सोच्न र योग एबम ध्यानमा सम्लग्न रहन पनि सबैलाई आग्रह गरेका छन ।
महामन्त्री डा. कोइरालाको भिडियो सन्देश








