प्रधानमन्त्री ओलि राष्ट्रपतिलाई भेट्न शितलनिबासमा



निकै चासोका साथ हेरिएको नेकपाको आजको सचिबालय बैठक शुरु हुनु अघी प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ ।

विवाद उत्कर्षमा पुगेका बेला बस्नलागेको र निर्णायक भनिएको सचिबालय बैठक बस्नुअघी भएको राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपा सचिबालय बैठक आज बालुवाटारमा बस्दै छ ।

प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार  ११ : ४८ बजे