नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।
आज बसेको नेकपा सचिबालयको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।
पार्टीभित्र देखिएका विवाद हल गर्दै पार्टी एकतालाई सुदृढ पार्नेबारे पनि आजको बैठकमा सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय छ । बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
यस सगै नेकपामा देखिएको बिबाद हाललाइ साम्य भएको छ ।
तेस्तै सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।








