सरकारले देशमा जारी लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको बालुवाटार श्रोतले जनाएको छ ।
लकडाउनले अर्थतन्त्र र जनजिबिकामा समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको भए पनि प्रधानमन्त्री ओलि नै लकडाउन खुकुलो बनाउन सहमत नभएपछी जारी लकडाउनको म्याद पुन थपिएको बताइएको छ ।
जारी लकडाउनको अवधि भोलि सकिँदै थियो।
गत चैत ११ गतेबाट लकडाउन शुरु भएको थियो ।








